न्यायिक समिति बनाएर डेडिकेटेड लाइन विवाद समाधान गरौं – अध्यक्ष ढकाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस २० २०८०
4K
SHARES

२० पुस काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायी र नेपाल विद्युत् प्राधिकरणबिचको डेडिकेटेट तथा ट्रक लाइन विवाद न्यायिक समिति बनाएर समाधान गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले कुनै प्रमाण विनाको शुल्क तिर भन्नू जायज नहुने तर्क गरे ।

व्यवसायीहरुले प्रयोग गरेको विद्युतको महसुल तिर्दिन भनेका छैनन् । प्रयोग गरेको विद्युतको बिल चाहियो तिर्छौ भनेका छन् । तर, प्राधिकरणले प्रमाण दिन सकेको छैन’ अध्यक्ष ढकालले भने, ‘अब बिल बिनाको महसुल कसरी तिर्ने ?’ बिना जानकारी उद्योगको बिद्युत् कटौती गर्दा लाखौं श्रमिकहरूले रोजगारी गुमाउने मात्र नभई मुलुकको अर्थतन्त्र समेत खस्किनेतर्फ अध्यक्ष ढकालले सचेत गराए ।

यस्तो विवादको शीघ्र समाधानका लागि सकेसम्म उद्योगी र प्राधिकरणले नै सहमति गरेर जानुपर्ने नत्र छुट्टै न्यायिक समिति बनाएर भनेपनि समस्या समाधान गर्नुपर्ने उनले बताए ।