जापानमा माओेवादी केन्द्र निकट जप्रगतिशिलको अधिवेशन नजिकीदै गर्दा बढ्यो चहलपहल
२७ पुस जापान । नेपाल कम्युनिष्ट पार्टी माओेवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च जापानको नबौँ अधिवेशन नजिकीदै गर्दा अधिवेशनकोतिब्रताका साथ चहलपहल बढ्न शुरू भएको छ ।
मञ्चको अधिवेशन आगामी जनवरी २८ तारिखका दिन टाेकीयाेको मुसासिनो सि सिकाई भन्ने ठाँउमा भव्यताका साथ हुन लागेको मञ्चका अध्यक्ष भवानी पन्तले जानकारी दिनु भयो । प्रवासी नेपालीहरूमा आपसी सद्भाव ,भाइचारा र एकताको अभियान, ज्ञान सिप र पुँजीको लगानी सहित संवृद्ध नेपालको लागि नबौँ अधिवेशन भन्ने मूल नाराका साथ नेपाली जनप्रगतिशील मञ्च जापानको अधिवेशन हुन लागेको अध्यक्ष पन्तले बताउनु भयो ।उहाका अनुसार अधिवेशनका लागि माओवादी केन्द्रका केन्द्रिय नेता तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र समितिका सह इन्चार्ज लक्ष्मण पन्तको समेतको उपस्थितिमा सम्पन्न हुने बताउनु भयो ।
अधिवेशनको तयारीका लागि विभिन्न विभागहरू समेत बनाएर अधिवेशन भव्यताका साथ सम्पन्न गर्नका लागि नेता कार्यकर्तालाई जिम्मेवारी दिएको छ । उहाका अनुसार दुई वर्ष अगाडि मञ्चले हालका नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डको एक हप्ते जापान भ्रमण समेतको अवसर मिलाएको थियो `उहाले भन्नुभयो ´। मञ्चले यस अघि जापानमा रहेको आफ्नो सातवटै क्षत्रीय कमिटीको अधिवेशन सकिसकेको छ भने मञ्चले नेपालमा आईपर्ने जुनसुकै विपत्तिको बेलामा पनि सहयाेग र सामाजिक कार्यहरू गर्दै आईरहेको छ ।