नेपाल वायुसेवा निगमद्वारा पौष मसान्तसम्मको ऋण भुक्तानी
२९ पुस काठमाडौँ । नेपाल वायुसेवा निगमले पौष मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ । निगमले आइतबार २०८० पौष मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरिएको जानकारी दिएको हो ।
निगमका प्रवक्ता रमेश पौडेलले भने,‘निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८० पौष महिनाको किस्ताबापत पुरा र दुई वाइडबडी जहाजको आंशिक गरी मिति २०८० पौष २९ गते जम्मा ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ रकम भुक्तानी गरेको छ ।’निगमले हालको व्यवस्थापन समिति आएपछि ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।