आजदेखि बैंकहरूले घटाएको ब्याजदर लागु


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १ २०८०
2.8K
SHARES

१ माघ काठमाडौं । बैंकहरूले सार्वजनिक गरेको ब्याजदर आज माघ १ गतेदेखि लागू भएको छ । माघ महिनाका लागि बैंकहरूले पुस मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । पुसको तुलनामा माघमा सबै बैंकहरूले ब्याजदर घटाएका छन् ।

माघमा १८ बैंकले ब्याजदर घटाउँदा एभरेष्ट बैंक र एनएमबि बैंकले भने स्थिर राखेका छन् । एभरेष्ट बैंकले माघमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, एनएमबि बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत तोकेको छ ।

लक्ष्मी सनराइज बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत, कृषि विकास बैंकले संस्थागततर्फ ५.२६० प्रतिशत र व्यक्तिगततर्फ ७.२६० प्रतिशत, प्रभु बैंकले संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत र नेपाल बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।