२२.८५ प्रतिशतसम्म घट्यो बैंकहरूको आधारदर


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १२ २०८०
2.6K
SHARES

१२ माघ काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको आधारदर औसत २.२१ प्रतिशत बिन्दुले घटेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार पुस मसान्तमा बैंकहरूको औसत आधारदर ९.४६ प्रतिशत बिन्दुमा झरेको हो । प्रतिशतका आधारमा गत वर्षको तुलनामा बैंकहरूको आधादर औसत  ११.८६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पुस मसान्तमा बैंकहरूको औसत आधारदर १०.७३ प्रतिशत बिन्दु थियो ।

बैंकहरूले निक्षेपतर्फको ब्याजदर घटाउन थालेपछि आधारदर पनि घट्न गई कर्जातर्फको ब्याजदर पनि स्वतः घट्छ । बैंकहरूको आधारदर घट्नु नै कर्जाको ब्याजदर घट्नु हो । जसआधारमा गत वर्षको तुलनामा बैंकहरूको कर्जाको ब्याजदर पनि औसत ११.८६ प्रतिशत घटेको देखिन्छ ।