बैंकर्स संघले बोलायो पूर्ण बैठक
२३ फागुन काठमाडौं । नेपाल बैंकर्स संघले विहीबारका लागि पूर्ण बैठक बोलाएको छ । सबै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ‘अव कसरी अघि बढ्ने’ भन्ने बारे निर्णय गर्ने एक बैंकरले बताए ।तत्कालिन सेञ्चुरी कमर्शियल बैंकका कर्मचारी पक्राउ र म्याद थपको विषयलाई लिएर बैंकर्स संघले आफ्ना सबै सदस्यसँग छलफल गर्न खोजेको हो । बुधबार विहान बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
मंगलबारमात्रै उनीहरुलाई पुनः ७ दिनको म्याद थपिएपछि बैंकरहरु ‘चुप लागेर नबस्ने’ नीतिमा पुगेका छन् । यसरी बसिरहँदा परिस्थिति झनै विग्रन लागेको देखिएपछि चिन्ता जाहेर गर्ने र बैंकरहरुलाई छुटाउने प्रयत्न गर्ने सहमति भएको बैठकमा सहभागि एक बैंकरले बताए ।बुधवार वा विहीबारसम्म मन्त्रीपरिषद विस्तार हुनसक्ने संभावना रहेकाले पनि फेरिएको राजनीतिक परिस्थितिमा अघि बढ्ने रणनीति तर्जुमा गर्न बैंकरहरुले थप छलफल आवस्यक भएको निष्कर्ष निकालेका छन् ।