राजस्व वृद्धिदरलाई २० प्रतिशत बनाउन सकिन्छ – अर्थमन्त्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २४ २०८०
1.8K
SHARES

२४ फागुन काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले १० प्रतिशत रहेको राजस्व वृद्धिदरलाई २० प्रतिशत बनाउन सकिने धारणा राखेका छन् । बुधबार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले यस्तो बताएका हुन । उनले ‘आफू १२ वर्षपछि अर्थमन्त्रालयमा फर्किएको कथा समेत सुनाएर भने १२ वर्षपछि खोला फर्किन्छ भन्थे म यहाँ १२ वर्षपछि अर्थ मन्त्री भएको छु।’

२०६८ सालमा पुन अर्थमन्त्री भएको थिए । २०६८ सालमा अर्थमन्त्री हुँदा अर्थतन्त्र दबाबमा रहेको बेला भएको समेत बताए। उनले त्यस बेला पनि घरजग्गा र सहकारीको समस्या रहेको र उक्त समस्या आफ्नो टिम समाधान गरेको बताए।  उनले हाल नेपालको अर्थतन्त्रमा रहेको समस्या त्यति ठूलो नरहेको बताए। उनले भने,’ त्यसबखत बिलासिलाग्ने स्मार्ट फोन अहिले अत्यावश्यक भएको छ। अहिले अवस्था परिवर्तन भएको छ। नयाँ र फरक काम गर्नु पर्ने चुनौती छ।’