रेकर्ड राख्दै सुनको मूल्य
२४ फागुन काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले हालसम्मकै उच्च विन्दु कायम गरेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख २३ हजार ५०० रुपैयाँमा करोबार भएको थियो । सुनको मूल्य एकैदिन तोलामा एक हजार ५०० रुपैयाँले बढेर कारोबार भएको हो ।
गएको सोमबार सुनको मूल्यले त्यसअघिका सबै रेकर्ड तोडेर एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।