स्वास्थ्य सचिव गुरागाईंले लिइन् अवकाश
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन २४ २०८०
1.8K
SHARES
२४ फागुन काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले उमेर हदका कारण पदबाट अवकाश लिएकी छन्। उनको अवकाश बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो । गुरागाईं २०७८ माघदेखि स्वास्थ्य मन्त्रालयमा सचिव थिइन्।
२०५१ सालमा प्राविधिक सहायकबाट जागिर सुरु गरेकी उनी २०५४ सालमा अधिकृत, २०६५ सालमा उपसचिव र त्यसपछि ११ महिनामै सहसचिव भएर काम गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट