नेपाल एसबिआई बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सम्झौता


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ७ २०८०
5K
SHARES

७ चैत काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन् । ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउने भएका हुन् ।

उक्त छुट सम्बन्धमा बैंक र हस्पिटालिटीबीच बुधबार सम्झौता भएको छ । उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक नृपेश श्रेष्ठ तथा बैंकका बरिष्ठ प्रतिनिधिको उपस्थितिमा सम्पन्न थियो ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड बाहक तथा वाइएएनओ नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकहरुलाई उक्त ग्रुपका २१ आउटलेटमा विभिन्न सेवामा छुट प्रदान गर्ने छ ।