सुनको मूल्य अहिलेसम्मकै उच्च
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र ८ २०८०
1.8K
SHARES
८ चैत काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २६ सयले रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २७ हजार ८ सय कायम भएको छ ।
हिजो छापावाला सुन प्रतितोला एक लाख २५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २ सय कायम गरेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ६ सय मूल्यमा कारोबार भएको थियो । यसै गरी, चाँदीको मूल्य आज प्रतितोला एक हजार पाँच सय ५५ सयमा कारोबार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट