बैंक तथा वित्तीय संस्था ऐन संशोधन विधेयक संसदमा दर्ता
८ चैत काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ ।अर्थमन्त्री वर्षमान पुनले विधेयक दर्ता गरेका हुन् । उनका अनुसार संविधान बमोजिम तीन वटै तहका सरकारको वित्तीय अधिकारलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्नका लागि प्रचलित ऐन संशोधन गर्न लागिएको हो ।
यो विधेयक संसदमा पेश गर्न अर्थ मन्त्रालयलाई २५ माघ २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको थियो ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमन गर्ने विधेयकको उद्देश्य छ ।