९० करोडको सेनिटरी प्याड आयात


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ९ २०८०
2K
SHARES

९ चैत काठमाडौं । चालु आर्थिक वर्षमा ९० करोड रुपैयाँको सेनिटरी प्याडआयात भएको छ । चालु आर्थिक वर्षको आठ महिनामा १४ करोड वटा प्याड बराबर ९० करोड रुपैयाँको आयात गरिएको हो । भन्सार विभागको तथ्यांकअनुसार १४ करोड १७ लाख ६२ हजार १६४ गोटा प्याड आयात भएको हो ।

सो बराबर ९० करोड ५४ लाख २९ हजार रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षमा सो सेनिटरी प्याड आयातबाट सरकारले १६ करोड ९९ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नेपाले सो प्याड बंगलादेश, चीन, डेनमार्क, हङकङ लगायत मुलुकबाट आयात गर्दै आएको छ ।