शिखर इन्स्योरेन्सको साधारणसभा सम्पन्न
१० चैत काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय थापाथली स्थिति आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तथा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ ।संचालक समितिका अध्यक्ष गौरव अग्रवालको सभापतित्वमा सम्पन्न साधारणसभालाई अध्यक्ष अग्रवालले नेपालमा अहिलेसम्म शिखर इन्स्योरेन्स धेरै सूचकाङ्कहरुमा अग्रणी स्थानमा रहेको उल्लेख गरेका छन् । उनले सभालाई संबोभन गर्दै आगामी दिनहरूमा कम्पनीको बीमा व्यवसाय तथा लगानीको थप विस्तार गर्दै बीमा जोखिम तथा अन्य जोखिमको उचित व्यवस्थापन सहित कम्पनीको खुद नाफालाई समेत वृद्धि गर्दै लाने योजना रहेको बताए ।
साधारणसभामा उपस्थित सेयरधनीहरुबाट कम्पनीलाई अमूल्य सुझाव प्राप्त भएको छ । अध्यक्ष अग्रवालले सेयरधनीहरुको समर्थन, सहयोग र विश्वासलाई धन्यवाद ज्ञापन गरे । यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले शिखर इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारण साधारणसभामा उपस्थित आदरणीय सेयरधनीहरू, संचालक समिति, कर्मचारी मित्रहरू तथा आमन्त्रितहरूमा हार्दिक अभिवादन व्यक्त गरे ।सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव उपर छलफल गरि पारित गरेको छ । कम्पनीको स्वतन्त्र संचालकको नियुक्ति बारेमा बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी गरीएको छ ।
कम्पनीको मिति २०७६ श्रावण २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित संचालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारण सभासम्मको लागि पदावधि थप गर्ने तथा गौरव अग्रवाललाई संचालक नियुक्त गर्ने बारे संचालक समितिको निर्णयलाई अनुमोदन गरीएको छ ।कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम संस्थापक समुह ‘क’ का सेयरधनीबाट निर्वाचित हुने ३ ९तीन० संचालक तथा सर्वसाधारण समुह ‘ख’ का सेयरधनीबाट निर्वाचित हुने थप १ (एक) संचालकका लागि प्रचलित कानुनी व्यवस्था को अधिनमा रही शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक निर्वाचन सम्बन्धी निर्देशिका २०६३ बमोजिम निर्वाचन गर्ने प्रस्ताव समेत पारित भएको छ ।