दुर्गा प्रसाईँको मुद्दामा आजै फैसला आउने


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १२ २०८०
2.3K
SHARES

१२ चैत काठमाडौं । नेपालमा रहेका मारवाडी व्यासायी र केही बैंक तथा वित्तीय संस्थाका विरुद्धमा आवाज उठाउँदै आएका विबादित व्यवसायी दुर्गा प्रसाईँको एम कहत्वपूर्ण मुद्दामा सर्वोच्च अदालतले सोमबार फैसला सुनाउने भएको छ । प्रसाईँले आशय प्राप्त गरेर संरचना निर्माण गरिसकेको बी एन्ड सी मेडिकल कलेज सञ्चालन गर्न पाएका थिएनन् । झापामा निर्मित उक्त परियोजनामा ठूलो पैसा डुबेपछि उनले स्वास्थ्य नीतिको आलोचना गर्दै आएका थिए ।उक्त मेडिकल कलेजका सञ्चालक प्रसाईंले आफ्नो मेडिकल कलेजले सम्बन्धन प्राप्त गर्नुपर्ने दाबि गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनको यस मुद्दाको किनारा कुन ढंगले लाग्छ भन्ने कुराले नेपालमा मेडिकल कलेजको अन्योलपूर्ण भविष्यलाई एक दिशा प्राप्त हुने छ ।

गत चैत ६ गते मंगलबार न्यायाधीश डा. कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति आज (सोमबार)लाई तोकेको थियो । बी एण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको मुद्दा चैत ५ र ६ गते संयुक्त इजलासमा सुनुवाइ भएको थियो । उक्त मुद्दामा सर्वोच्चले अग्राधिकार पनि प्रदान गरेको थियो ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र सरकारबिरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए ।