वाई टिकटमा १३ प्रतिशत अतिरिक्त करले पर्यटन क्षेत्र निरुत्साहित भयो – अध्यक्ष ढकाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १५ २०८०
3.1K
SHARES

१५ चैत काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सरकारले लगाएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको बताएका छन् ।बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष ढकालले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएकाले नेपालमा यात्रा गर्ने विदेशीहरू कम भएको बताए ।

जसले पर्यटन व्यवसायमा नकारात्मक असर परेको उनको भनाइ छ । उनले सरकारले हवाई टिकटमा गत वर्षको बजेटमार्फत सरकारले व्यवस्था गरेको १३ प्रतिशत अतिरिक्त कर करेक्सन गर्न आवश्यक रहेको बताए ।उनले सरकारले रोयल्टीमा ५ प्रतिशत शुल्क लगाउने नीतिले नेपालमा गुणस्तरीय अन्तर्राष्ट्रिय होटलमा लगानी आउन र सञ्चालनमा समेत कठिन भएको बताए । भारतीय र गैरआवासीय भारतीय नागरिकहरूको विवाहको इभेन्ट भारतभन्दा बाहिर गर्ने प्रचलन रहेको भन्दै उक्त इभेन्ट नेपालमा गर्न सक्ने गरी नीतिगतरूपमा व्यवस्था गर्न आवश्यक रहेको बताए ।

उनले विवाहका इभेन्ट नेपालमा ल्याउन सके नेपालले धेरै लाभ लिन सक्ने अवस्था रहेको बताए । अध्यक्ष ढकालले सीमामा पर्यटनसँग सम्बन्धित सबै कुराहरू सहज बनाउन आवश्यक रहेको बताए ।