गरिमा विकास बैंकको विभिन्न कार्यक्रम सम्पन्न


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १८ २०८०
3.3K
SHARES

१८ चैत काठमाडौं । गरिमा विकास बैंकले विभिन्न कार्यक्रमहरु सहित ग्लोबल मनी वीक मनाएको छ । युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको ग्लोबल मनी वीकको १२औं शृङ्खला ग्लोबल मनी वीक २०२४ गरिमा विकास बैंकले विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ विश्वव्यापी रुपमा २०२४ मार्च १८ देखि २४ सम्म मनाईएको यस कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक संघ–संस्थाहरुसंगको समन्वयमा विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै वित्तीय साक्षरता, वित्तीय अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, वित्तीय चेतना प्रभातफेरी लगायतका १८ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।

विकास बैंकले काठमाडौं उपत्यकको हात्तीगौंडा, बानेश्वर संगै झापाको बुधबारे, सर्लाहीको लालबन्दी, तनहुको दमौली, गोरखाको गोरखा बजार, नवलपरासीको सुनवल, स्याङ्जाको चापाकोट, कञ्चनपुरको महेन्द्रनगरमा वित्तीय साक्षरता, मोरङ्गको विराटचोक, धनुषाको जनकपुर, मकवानपुरको हेटौडा, कैलालीको धनगणी र लम्कीमा विद्यार्थीहरुलाई शाखा कार्यलयको अवलोकन गराउनुका साथै बाराको सिमरा, सुर्खेतको बिरेन्द्रनगर, काभ्रेपलाञ्चोकको बनेपा र कपिलवस्तूको चन्द्रौ६ामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको छ । उल्लेखित कार्यक्रमहरुबाट देशभरका १३ सयभन्दा बढी विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएका छन ।