सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २३ २०८०
2.9K
SHARES

२३ चैत काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले आफ्नो स्थापनाको १७ वर्ष पुरा गरी बार्षिकउत्सव मनाउने क्रममा करिब एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बालविकास समाजलाई आर्थिक सहयोग स्वरुपरू १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो १७ औं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । एक समारोहका बीच बैंकले एक लाख पचास हजार चेक संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतम लाई हस्तान्तरण गरेको छ । बालविकास समाजमा रहेका ८० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतमले जानकारी दिए ।  हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्षथप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।