उत्पादनशील क्षेत्रमा लगानी बढाउनुस् – अर्थमन्त्री पुन


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २४ २०८०
2.7K
SHARES

२४ चैत काठमाडौँ ।नेपालमा रोजगारी सिर्जना र उत्पादकत्व बढाउने क्षेत्रमा केन्द्रित भई लगानी बढाउन अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारहरूलाई आग्रह गरेका छन् । विश्व बैंकको दक्षिण एसिया र नेपाल विकास अपडेट, २०२४ सार्वजनिक कार्यक्रममा शुक्रबार अर्थमन्त्री पुनले दक्षिण एसियामा अन्य मुलुकको तुलनामा नेपालले राम्रो प्रदर्शन गरिरहेको बताए ।

मुलुकभित्र रोजगारी अभावले युवा पलायन भइरहेको र यहाँ रोजगारी सिर्जनाका कार्यक्रमको आवश्यकता रहेको उनको भनाइ छ । ‘एकातिर पूर्वाधार क्षेत्रमा उच्च रोजगारीको आवश्यकता छ । र, अर्कोतर्फ काम गर्ने उमेरका युवाशक्ति काम अनि अध्ययनका लागि विदेशिरहेको सन्दर्भमा मुलुक भित्रै रोजगारी सिर्जना र उत्पादकत्व सिर्जना गर्नु आवश्यक छ,’ उनले भने ।

तसर्थ सोहीअनुसारको स्रोत बढाउन अर्थमन्त्री पुनले विकास साझेदारसँग आग्रह समेत गरे । विश्व बैंकको यो प्रतिवेदन नेपालको नीति निर्माणमा सहयोगी हुने उनको विश्वास छ ।