२७ गते सार्वजनिक विदा


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २४ २०८०
3.6K
SHARES

२४ चैत स्याङ्गजा । गुरुङ समुदाय साँस्कृतिक पर्व ट्होटेको अवसरमा स्याङ्गजाको फेदिखोला गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । सदावर्ष जस्तै यस वर्ष पनि उक्त गाउँपालिकाले गुरुङ समुदायको साँस्कृति पर्व ट्होटेको अवसरमा चैत २७ गते सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै गाउँपालिकाको चैत १९ गते बसेको कार्यपालिका बैठकले ट्होटे पर्वमा सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको छ । सार्वजनिक विदाको दिन गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण संघसंस्था कार्यालयहरु बन्द रहने जनाएको छ ।

434333365_1649505419157849_867249959597366160_n.jpg