संसद्‌बाट नभ्याए अध्यादेशमार्फत दर्जन कानुन संशोधन गर्छौँ – अर्थमन्त्री पुन


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २५ २०८०
2.5K
SHARES

२५ चैत काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका निम्ति सरकारले अध्यादेशबाट भए पनि ऐन संशोधन गर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगन्जमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

लगानी संकुचन गर्ने ठानिएका दर्जन कानुन सकेसम्म संसद्‌बाटै र समयाभावले नभ्याइने भए अध्यादेशमार्फत संशोधन गरिने उनले उल्लेख गरे । त्यसका निम्ति राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम गरिने उनले बताए ।

“भरसक संसद्‌बाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानुन संशोधन गर्छौँ । लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण बनाउँछौँ,” मन्त्री पुनले भने । आन्तरिक लगानीका निम्ति पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गर्ने उने बताए । तेस्रो लगानी सम्मेलन आउँदो वैशाख १६ र १७ गते काठमाडौंमा हुँदै छ ।