२१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुदै


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २५ २०८०
1.9K
SHARES

२५ चैत काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । चैत २७ गते मंगलबार जारी गर्नेगरी कार्यालयले २८ दिने, ८१ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बोलकबोल गर्ने भएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कूल रकम मध्ये समान ८÷८ अर्ब रुपैयाँ २८ दिने र ९१ दिनेका लागि बिक्री गरिनेछ भने ३६४ दिनेका लागि ५ अर्ब रुपैयाँ बिक्री गरिनेछ ।

यद्यपि, सबै ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । प्राप्त निवेदनहरूका आधारमा ट्रेजरीको बोलकबोल आजै हुने कार्यालयले जनाएको छ । यसअघि कार्यालयले चैत १९ गते १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।