धितोपत्र बोर्ड अध्यक्षको लागि पाँच जनाको नाम यी सर्टलिस्ट


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २६ २०८०
2.9K
SHARES

२६ चैत काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि  ५ जनाको नाम ‘सर्टलिस्ट’ मा परेको छ । आबेदन दिएका १९ जना मध्ये पाँच जनाको नाम सिफारिस समितिले अन्तर्वार्ताको लागि सर्टलिष्ट गरेको हो। ‘सर्टलिस्ट’ मा पर्नेमा कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ रहेका छन् । ‘सर्टलिस्ट’ मा पर्नेमध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बिमा समितिका पूर्वअध्यक्ष हुन् । त्यस्तै, अधिकारी र श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।

आवेदन दिनेहरु मध्येबाट सिफारिस समितिले ५ जनाको नाम सर्ट लिस्ट गरेर अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि छनोट गरेको होबोर्डमा अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ संयोजक रहेको समितिले सर्टलिष्टमा परेका पाँच जनाको अन्तर्वार्ता र प्रस्तुतिकरण लिएपछि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ ।