प्रभु बैंकले डाक्यो साधारण सभा


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २७ २०८०
2K
SHARES

२७ चैत काठमाडौं । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी वैशाख २० गते बिहिबारका दिन काठमाण्डौको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै चालु आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावका साथै सञ्चालकहरुको नियुक्ती अनुमोदन तथा जानकारी सम्बन्धमा प्रस्ताव पारित गरिनेछ । सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आव २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।