सलाम नगरेको भन्दै हवल्दारले गरे जवानलाई दुर्व्यवहार


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २७ २०८०
2.3K
SHARES

२७ चैत काठमाडौं । सिंहदरबारस्थित अर्थ मन्त्रालयभित्र एक जना प्रहरी हवल्दारले सलाम नगरेको भन्दै जवानलाई दुर्व्यवहार गरेका छन् । सिंहदरबार सुरक्षा गणमा कार्यरत् प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार उज्जवल भण्डारीले दुर्व्यवहार गरेको प्रहरी स्रोतले बताएको छ । हवल्दार भण्डारी अर्थमन्त्रीको सुरक्षामा खटिएका प्रहरी हुन् ।

मंगलबार बिहान साढे १० बजेतिर प्रहरी जवान सिंहलाई किन सलाम नगरेको भन्दै थप्पड हानेको प्रहरीले जनाएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले यसबारे आफूलाई जानकारी आएलगत्तै सिंहदरबार गणका एसपी सन्तोष तामाङलाई विस्तृतमा बुझ्न भनेको बताएका छन् ।