वाणिज्य बैंकहरुले कमाए ४२ अर्ब नाफा


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २८ २०८०
3.4K
SHARES

२८ चैत काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना अर्थात साउनदेखि फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आवको फागुन मसान्तसम्म नेपालमा सञ्चालित २० वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड खुद नाफा कमाएका हुन् ।  नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यस बैंकले ४ अर्ब ७२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, यस अवधिमा ग्लोबल आईएमई बैंकले ३ अर्ब ४३ करोड ३० लाख खुद नाफा आर्जन गरेको छ भने प्राईम कमर्सियल बैंकले २ अर्ब ८८ करोड ७० लाख खुद नाफा आर्जन गरेको छ । यसका साथै राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड ७० लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

आठ महिनामा एनआईसी एसिया बैंकले २ अर्ब ५४ करोड २४ लाख रुपैयाा नाफा कमाउँदा एभरेस्ट बैंकले दुई अर्ब २९ करोड ३४ लाख कमाएको छ । यसका साथै स्ट्यान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ भने  एनएमबि बैंकले १ अर्ब ९२ करोड ५२ लाख रुपैयाँ कमाएको छ ।

त्यसैगरि, कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख, हिमालयन बैंकले १ अर्ब ८३ करोड ७४ लाख, लक्ष्मी सनराइज बैंकले १ अर्ब ८२ करोड ६ लाख, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड ६५ लाख, सानिमा बैंकले १ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ र कुमारी बैंकले एक अर्ब ४२ करोड ३६ लाख नाफा कमाएका छन् । यस अवधिमा प्रभु बैंकले एक अर्ब ५१ करोड ४५ लाख, नेपाल बैंकले एक अर्ब २८ करोड २९ लाख, सिटिजन्स बैंकले एक अर्ब २२ करोड ६५ लाख, माछापुच्छ्रे बैंकले एक अर्ब १६ करोड ४८ लाख र नेपाल एसबीआई बैंकले एक अर्ब आठ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।