पेन्सन कोषको ४ अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २ २०८१
2.3K
SHARES

२ वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्नु परेको राष्ट्र बैंकले जनाएको छ ।११ वैशाख २०८१ देखि १० कात्तिक २०८१ सम्म ६ महिनाको लागि उक्त रकम मुद्दती निक्षेपमा  लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

उक्त मुद्दती निक्षेप लिन चाहने बैंकले आवश्यक रकम र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत ४ वैशाखभित्र राष्ट्र बैंकमा पेस गर्न आह्वान गरिएको छ ।