बढायो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ३ २०८१
3.8K
SHARES

३ वैशाख काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो ।निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर रु. ३ रुपैयाँले बढाएको हो । भारतबाट बढेर आएकोले मूल्य बढाएको निगमले जनाएको छ ।

निगमले भनेको छ ‘इण्डियन आयल कर्पोरेशनबाट आज १५ अप्रिल, २०२४ ( बैशाख ०३, २०८१ ) मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर क्रमशः रु. २ । ९६ र रु. ३। ४६ ले बढेर आएको हुँदा निगम संचालक समितिको निर्णय अनुसार १६ अप्रिल २०२४ (मिति २०८१/०१/०४) बिहान ००:०१ बजेदेखि लागु हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर रु. ३।०० ले वृद्धि गरिएको छ।’ डिजेल, पेट्रोल र मट्टीतेल बाहेक अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत छ ।