सुनको भाउमा नयाँ रेकर्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ४ २०८१
2.1K
SHARES

४ वैशाख काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज रेकर्ड राखेकाे छ । आज  प्रतितोला १७ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २सय निर्धारण भएको छ । सोमबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३७ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला र एक लाख ३८ हजार ५०० मा निर्धारण भएको हो । तेजाबी सुन सोमबार भने एक लाख ३६ हजार ८ सयमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ७ सय ५०निर्धारण भएको छ ।