प्रदूषित सहरको एक नम्बरमा फेरि काठमाडौं


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ७ २०८१
3.8K
SHARES

७ वैशाख काठमाडौं । विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पुनः पहिलो नम्बरमा परेको छ । वातावरण विभागको शुक्रबार दिउँसो ३ बजेको रेकर्डअनुसार काठमाडौंको शंखपार्कमा वायुको गुणस्तर एक्यूआई २५५ पुगेको छ ।

वायु प्रदूषणको यो तह अति अस्वस्थकर अवस्था हो । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको दिउँसो ३ बजेको रेकर्डअनुसार नेपाल विश्वका १२२ प्रदूषित सहरमध्ये एक नम्बरमा छ ।यसअघि अप्रिल ७ मा पनि काठमाडौं प्रदूषित सहरको पहिलो नम्बरमा परेको थियो । सो दिन एक्यूआई २१५ पुगेको विभागको रेकर्ड छ ।

वातावरण विभागको तथ्यांकअनुसार काठमाडौं उपत्यकाको कीर्तिपुर, रत्नपार्क, खुमलटार, भैँसेपाटी लगायतका क्षेत्रमा एक्यूआई ११२ देखि १४३ सम्म छ । काठमाडौंमा बिहीबार २४ घण्टाको वायुको गुणस्तर एक्यूआई १५८ सम्म पुगेको विभागको रेकर्ड छ । एक्यूआई २०० भन्दा माथि रहेको वायुलाई विश्व स्वास्थ्य संगठनले  अति अस्वस्थकरको वर्गमा राखेको छ ।