अब विश्व बैंकले नेपालमा गर्ने लगानीको ‘फ्रेमवर्क’ टुंगियो – अर्थमन्त्री पुन


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ८ २०८१
3.2K
SHARES

८ वैशाख काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकले नेपालमा गर्ने लगानीको ‘फ्रेमवर्क’ टुंगिएको बताएका छन् ।अमेरिकामा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले विश्व बैंकका उपाध्यक्षसहितको टोलीसँग भएको छलफलपछि नेपालमा कुन फ्रेमवर्कमा लगानी गर्ने भन्ने विषय टुंगिएको बताएका हुन् ।

उनले उक्त फ्रेमवर्कलाई मन्त्रिपरिषद्मार्फत अघि बढाएर आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

मन्त्री पुनले बैठकका क्रममा भएका ‘साइडलाइन’ छलफल र वार्ता पनि निकै सकारात्मक भएको बताए । उनले नेपालको ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरिएको जानकारी गराए ।