भोलि सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १० २०८१
2.7K
SHARES

१० वैशाख काठमाडौं । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

दुई दिने नेपाल भ्रमणको क्रममा कतारी राजा थानी भोलि काठमाडौं उत्रिँदै छन् ।