अहिले अन्तरबैंक दर ३.६५ प्रतिशत पुग्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ११ २०८१
2K
SHARES

११ वैशाख काठमाडौ । बैंक तथा वित्तीय संस्थाहरूको अन्तरबैंक दर वृद्धि भएको छ। गत हप्ताको वित्तीय विवरणअनुसार बैंकहरुको अन्तरबैंक दर २ दशमलव ७० प्रतिशतबाट ३ दशमलव ६५ प्रतिशत पुगेको हो।

त्यस्तै निक्षेप पनि घटेको छ। गत बिहीबारसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ६१ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ। यो दैनिक रुपमा घटबढ हुन्छ। बिहीबार हप्ताको न्यूनतम विन्दु हो। कर्जा प्रवाह ५१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ।

वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४५ खर्ब १५ अर्ब पुगेको छ। त्यस्तै सीडी रेसियो ८० दशमलव ८२ प्रतिशत पुगेको छ।