यस कारण रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार
१२ वैशाख काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएको दुई वटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी तथा प्राविधिक प्रक्रिया पुरा नभएको कारण नेपालले उपहार स्वरूप दिइने रूद्रकली र खगेन्द्रप्रसाद गरी दुई हात्ती तत्काल कतार नजाने भएका हुन् ।
कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भएपनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँग त्यो हात्ती नगएको छ । आज सोल्टी होटलमा भएको दुई पक्षीय वार्तामा हात्ती उपहारको सम्झौता एजेण्डा पनि बनेको थिएन । वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले कतारको तर्फबाट तयारी पूर्ण नभएको कारण आजैको दिन पठाउन नमिलेको बताए । उनले भने, ‘हामीले पठाउनका लागि पुरै तयारी गरेका छौँ तर उताबाट प्रक्रिया पुरा नभएको कारण पठाउन नमिलेको हो ।’