रोशीमा आगलागीबाट १४ घर जले


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १८ २०८१
1.5K
SHARES

१८ वैशाख काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नं ४ सानोकोटा गाउँमा आगलागीबाट १४ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नजिकैको वनमा लागेको आगो फैलिएर गाउँमा पुगेको थियो ।

प्रहरी र स्थानीयबासीको सहयोगमा गाउँको आगलागी नियन्त्रणमा आएको भए पनि वनको लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।श्रेष्ठले मानवीय र पशुचौपाया क्षति नभएको जानकारी दिए ।