जलहरी प्रकरणमा मुछिएकाले पाए सफाइ
१८ वैशाख काठमाडौं । पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापासहित तीन जनाले सफाइ पाएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले थापासहित प्रदीप ढकाल र अरूणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा अनियमितता गरेको दाबीसहित उनीहरू तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
एक करोड १७ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको अख्तियारले झन्डै डेढ किलो बराबरको सुन हिनामिना भएको दाबी गरेको थियो ।