डिजेल र मट्टीतेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १८ २०८१
4.4K
SHARES

१८ वैशाख काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी नगिमले डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो ।

भारतबाट मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ ।पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने यथावत् राखिएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र बाह्यतर्फ सात डलर वृद्धि गरिएको निगमले जनाएको छ ।