ह्त्बै घट्यो सुनको मूल्य , प्रति तोला कति ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २१ २०८१
2.9K
SHARES

२१ वैशाख काठमाडौं । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्य तोलामा ११ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३५ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा एक हजार छ सय ४५  रुपैयाँ निर्धारण भएको छ ।