बिजुलीको पोलमा विद्युतीय गाडी दुर्घटनाग्रस्त
Capital Headline
प्रकाशित मिति :
शनिबार, बैशाख २९ २०८१
2.2K
SHARES
२९ वैशाख काठमाडौ । ललितपुरको कोपुन्डोलमा एउटा विद्युतीय कार दुर्घटना भएको छ । आज बिहान ५ बजेको समयमा भएको कारको अघिल्लो भाग क्षतिग्रस्त भए पनि चालक सकुशल रहेको बताइएको छ ।बागमती प्रदेश ०१–०२९ च ४२८२ नम्बरको कार सडक छेउको बिजुलीको पोलमा ठोक्किको हो । विद्युतीय गाडीका कारण बिजुलीको पोल नै भाँच्चिएको छ ।
प्रहरीका अनुसार कार चालक सञ्जीव जोशीले मापसे गरेको पाइएको छ । ललितपुर सातदोबाटोका ४५ वर्षीय जोशीलाई गाडीभित्रको एअरब्यागले जोगाएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट