प्रधानमन्त्रीको राजीनामा माग गर्दै डा. केसीको २२ औं अनसन शुरु


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २९ २०८१
3.1K
SHARES

२९ वैशाख काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै पशुपति मृगस्थलीमा आमरण अनसनमा बसेका छन् । आफ्नो अन्तिम अल्टिमेटमको अवधिमा पनि मागहरू सम्बोधन नभएको भन्दै ४ बजेदेखि २२ औं सत्याग्रह शुरु गरेका हुन् ।

डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी, घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा । निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्‌ ।’

उनले सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधोपचारको व्यवस्था गर्न माग गरेका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज र प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन तुरुन्त पारित गर्नलगायत सबै सम्झौता कार्यान्वयन गर्न र कार्की आयोगले दोषी ठह¥याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ ।’