बैंकहरुले घटाए ब्याजदर, कसको कति ?


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ३१ २०८१
3.3K
SHARES

३१ वैशाख काठमाडौं । वाणिज्य बैंकहरुको जेठ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटेको छ । व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाका लागिऔसतमा ७.०७ प्रतिशत भएको छ । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत रहेको छ । १९ बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटको हो । ९ बैंकको ब्याजदर घटेको छ भने ७ बैंकहरुले वैशाखकै ब्याजदरलाई पनि निरन्तरता दिएका छन् । ३ बैंकहरुले ब्याजदर बढाएका छन् ।

ब्याजदर बढाउनेमा एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमई बैंक रहेका छन् । मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैंकको रहेको छ ।