एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख ३१ २०८१
8.6K
SHARES
३१ वैशाख काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बारा जाने कार्यक्रम स्थगित गरेका छन् । सोमबार ओलीले बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम थियो । गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले ओली अस्वस्थ भएकाले कार्यक्रम स्थगितको विज्ञप्ति आइतबार नै जारी गरेका छन् ।
आउँदो जेठ ४ गते भवनको उद्घाटन गरिने उनले जानकारी दिए । अध्यक्ष ओलीको सचिवालयका अनुसार, उनलाई रुघा लागेको छ । त्यसैले उनी निवासमै आराम गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट