मध्यरातमा देउवा र ओली शीतल निवासमा


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १८ २०८१
6.2K
SHARES

१७ असार काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा र  एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेका छन्। कांग्रेस–एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएसँग दुई दलका नेता राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका हुन्।

कांग्रेसका तर्फबाट सभापति देउवासहित नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् भने एमालेबाट अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायत नेताहरू रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।

एमाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को २ अुसार नै सरकार आह्वानको परिस्थिति निर्माणका लागि उनीहरू शीतल पुगेको नेताहरू बताउँछ ।