हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ६ २०८१
5.5K
SHARES

६ साउन काठमाडौं । हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि मोरङको विराटनगरमा रहेका उनलाई अस्पताल भर्ना गरिएको हो । विराट नर्सिङ होममा उनको उपचार भइरहेको छ ।

विराट नर्सिङ होमका सूचना सहायक सजन पासवानले आचार्यलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको बताए । आचार्यलाई चिकित्सक राजीव साहले स्वास्थ्य परीक्षण गरिहेका छन् । पासवानले भने, “नाकबाट ब्लड गएपछि उपचारका लागि भर्ना हुनुभएको छ ।”

हिमगिरी सोप इन्डस्ट्रिजको कार्यक्रममा सहभागी हुन शनिबार हरिवंश विराटनगर गएका थिए ।  उधोगी प्रकाश मुन्दडाले आफूहरुको कार्यक्रममा शनिबार महजोडी सहभागी भएको बताए ।

“नाकबाट अचानक रगत बगेपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो,” कलाकार किरण केसीले भने, “अहिले अवस्था सामान्य छ । ठूलो समस्या केही होइन ।”