माओवादीमा फर्कदै नेता थापा


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन १९ २०८१
18.1K
SHARES

१९ साउन काठमाडौं । मणि थापा एमाले स्थायी कमिटीबाट पदमुक्त भएका छन् । एक वर्ष अघि जेठमै पार्टीबाट छुट्टी मागेका थापालाई पदमुक्त गर्न भने एमालेले एक वर्ष लगाएको छ ।

बिहीबार काठमाडौंमा बसेको पार्टी बैठकले थापालाई पदमुक्त गरेको हो । थापाले उक्त निर्णयलाई स्वागत गरेका छन् ।मैले पोहोर भदौ १२ गते नै राजीनामा दिएको थिएँ, उहाँहरुलाई चाँडै निर्णय गरिदिन अनुरोध पनि गरेको थिएँ,’ थापाले  भने, ‘पाँच–सात महिनाअघि पनि एकपल्ट कुरा भएको थियो ।

तर ढिलो निर्णय भए पनि म यसलाई स्वागत गर्छु ।’थापाले तुरुन्तै कुनै पार्टीमा लाग्ने घोषणा नगरे पनि विगतमा आफूले काम गरेको माओवादीमा फर्कने सामान्य संकेत भने गरेका छन् ।उनले भने, ‘राजनीति नै गर्ने हो । आफ्नो लिगेसी र स्कुलिङभित्र रहनुपर्छ भन्ने ठानेको छु । सायद त्यस्तै केही गर्छु होला ।’