डेंगीबाट एकजनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २२ २०८१
2K
SHARES

२२ साउन काठमाडौं । डेंगी संक्रमणबाट एकजनाको मृत्यु भएको छ । तनहुँका संक्रमित पुरुषको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए ।यो अगस्टका पाँच दिनमा देशभर ११७ डेंगी संक्रमित थपिएका छन् । जनवरीयता डेंगी संक्रमित हुनेको संख्या दुई हजार ३६५ पुगेकोे छ । यो वर्ष डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

वाग्मती प्रदेशमा सबैभन्दा धेरै ७४७ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २८७ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६, तनहुँमा ११० जनामा देखिएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संखया १०० भन्दा कम छ ।