पार्टीमा गुट-उपगुटका गतिविधि रोक्न सकेनौँ – माओवादी केन्द्र
३ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढेको स्वीकारेको छ। हालै बसेको स्थायी कमिटीको बैठकबारे जानकारी गराउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पठाएको परिपत्रमा पार्टी संगठनको निर्माण गर्न नसकेको पनि स्वीकारेको छ।
पार्टी निर्माणको लागि नीजि स्वार्थ केन्द्रित गुट, उप-गुटजन्य प्रवृत्तिहरूलाई दुरुत्साहित गर्दै पार्टीलाई नयाँ उचाइमा एकताबद्ध भएर लैजानुपर्ने उल्लेख छ।
पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्नुको साथ-साथै समान विचार मिल्ने अन्य वाम घटकहरूसँग पनि वाम ध्रुवीकरण तथा बृहत् कम्युनिष्ट पार्टी एकतामा जोड दिँदै तत्काल पार्टी एकता हुन नसकेका अन्य वाम घटकहरूसँग समाजवादी मोर्चा निर्माण र विस्तार गर्दै लैजाने नीति लिएको उल्लेख छ।
सरकार गठन विघटन र सरकारका काम कार बाईँहरू, पार्टी संगठनमा देखा परेका नीजि स्वार्थ केन्द्रित गुट–उपगुटहरू लगायतका संगठनात्मक समस्याहरू, पार्टी विधि विधान अनुरूप चल्न नसकेका समस्याहरू आदि बारे खुलेर छलफल बहस गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन्।