डिभी भर्न समय थप : कहिलेसम्म पाईन्छ ?


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १९ २०८१
3.6K
SHARES

१९ कार्तिक काठमाडौं।अमेरिकाले डाइभर्सिटी भिसा २०२६ का लागि आवेदन दिने समय दुई दिन थप गरेको छ ।यसअघि कात्तिक २० गतेसम्म समयावधि तोकिएकोमा दुई दिन थप गरेर कात्तिक २२ सम्म बढाइएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

दूतावासले असोज १६ गते बुधबार राति ९ः४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुला गरेको थियो । डिभी कार्यक्रममा सहभागी हुन निःशुल्क फारमको व्यवस्था गरिएको छ । अमेरिकी दूतावासले अनलाइन फारम आफै भर्न अनुरोध गरेको छ ।