अक्टोबरमा नेपाल आए १ लाख २४ हजार पर्यटक


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०८१
3.8K
SHARES

२० कात्तिक काठमाडौँ । अक्टोबर महिनामा १ लाख २४ हजार पर्यटक नेपाल भित्रिएका छन्।पर्यटकको यो संख्या कोरोना महामारीपछिका वर्षमा सबैभन्दा बढी हो भने अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हो।कोरोना महामारीयताका वर्षमा सबैभन्दा पर्यटक भित्रिए पनि २०१९  को तुलनामा यो अझै कम हो।

सन् २०१९ मा १ लाख ३४ हजार पर्यटक आएका थिए। यस्तै २०२३ मा १ लाख १७ हजार पर्यटक भित्रिएका थिए। अक्टोबर महिनामा भारतीय र अमेरिकी पर्यटक करिब उतिकै संख्यामा आएका छन्।भारतीय १६ हजार ३१३ जना आउँदा अमेरिकन १६ हजार २३ जना भित्रिएको पर्यटन बोर्डले संकलन गरेको तथ्यांकले देखाएको छ।

तेस्रो नम्बरमा बेलायतबाट ८ हजार १९ र चौथो चीनबाट ७ हजार ७५० पर्यटक भित्रिएका छन्।अस्ट्रेलियाबाट ६ हजार ९२९, जर्मनीबाट ६ हजार १८, फ्रान्सबाट ५ हजार ४८५, बंगलादेशबाट ४ हजार ४७६, श्रीलंकाबाट ३ हजार १२५ र इटालीबाट २.१२ छ।