काठमाडौँको बसुन्धारा र सुन्दरीजलमा शव फेला


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक २१ २०८१
2.6K
SHARES

२१ कात्तिक काठमाडौँ । काठमाडौँको बसुन्धारा र सुन्दरीजलमा शव भेटिएको छ । टोखा नगरपालिका–५ स्थित बसुन्धारामा ३१ वर्षीय कृष्ण पाण्डे मृत भेटिएका हुन् । सुनसरीको धरान घर भएका पाण्डे आफ्नै कोठामा मृत अवस्थामा भेटिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिका–२ स्थित सुन्दरीजलमा ४५ वर्षीय सुरेश तामाङ मृत भेटिएका छन् । काभ्रे घर भएर सुन्दरीजलमा बस्ने तामाङ डेरामा मृत भेटिएका हुन् । प्रहरी वृत्त बौद्धले त्यसबारे अनुसन्धान गरिरहेको छ ।